काठमाडौं । सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालबीच मंगलबार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा संघीय संसदलाई अझ व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री बनाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

ADVERTISEMENT

भेटमा डिजिटल संसदको अवधारणा, चालु अधिवेशनका कामकारबाहीको समीक्षा तथा अधिवेशन अन्त्यलगायतका विषयमा समेत कुराकानी भएको बताइएको छ।

ADVERTISEMENT