काठमाडौं । भोटेकोशी बाढी प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि कृषि विकास बैंकका कर्मचारीले आफ्नो मासिक तलबबाट रकम कट्टा गरी १ करोड ५३ लाख ९५ हजार २२ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीको मासिक तलबबाट कट्टा गरिएको उक्त रकम बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि बैंकका तर्फबाट हस्तान्तरण गरिएको हो।

ADVERTISEMENT

उक्त रकमबराबरको चेक कृषि विकास बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदी र अध्यक्ष टंक पाण्डेले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्।

ADVERTISEMENT