काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा डिमप्रसाद पौडेल नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो । केही समयअघि अर्थ मन्त्रालयले उनलाई सञ्चालकमा नियुक्त गरेको थियो ।
नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक समेत रहेका पौडेलसँग निजी क्षेत्रका राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीमा नेतृत्व गरेको अनुभव छ ।
पौडेलले चितवन मेडिकल कलेज र नेपाल क्यान्सर अस्पताल जस्ता संस्थाको नेतृत्व गरिसकेका छन् । उनी बैंकको अध्यक्षमा नियुक्त भइसके पनि नेपाल राष्ट्र बैंकका गभर्नरबाट सपथ लिन बाँकी छ ।




