काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएका आयुष गौतमलाई काठमाडौं विश्वविद्यालयले पूर्ण छात्रवृत्तिमा पढाउने भएको छ ।

काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–६ का गौतमलाई विश्वविद्यालयले कम्प्युटर साइन्समा स्नातक तह अध्ययनका लागि पूर्ण छात्रवृत्ति दिने निर्णय गरेको प्राज्ञिक–औद्योगिक विभागका संयोजक लक्ष्मण लामाले जानकारी दिए ।

ADVERTISEMENT

सरकारले जारी गरेको ‘जेन–जी घाइते राहत सहायता सम्बन्धी कार्य तथा प्रतिबद्धता कार्यविधि, २०८२’ कार्यान्वयन गर्दै गौतमलाई छात्रवृत्ति प्रदान गरिएको लामाले बताए ।

ADVERTISEMENT

लामाका अनुसार कठिन परिस्थितिबाट प्रभावित युवाको भविष्यलाई शिक्षा र अवसरमार्फत नयाँ दिशा दिनु विश्वविद्यालयको जिम्मेवारी हो ।