काठमाडौं । शिक्षक सेवा आयोगको अध्यक्षमा डा हरिप्रसाद लम्साल (भक्तपुर) नियुक्त भएका छन्।

आज बसेको मन्त्रिपरिषद् बैठकले उनीसहित सदस्यमा रामशरण सापकोटा (मकवानपुर) र महिला सदस्यमा विष्णु घिमिरे रिमाल (काठमाडौं)लाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

ADVERTISEMENT

उनी नेपाल सरकारका पूर्वसचिव हुन्। त्यस्तै आजकै मन्त्रिपरिषद् बैठकले दुई कर्मचारीलाई सचिव पदबा बढुवा गरेको छ। लोकसेवा आयोगको सिफारिसमा वरिष्ठताको आधारमा विनोद कुँवर र उत्तरकुमार खत्री नेपाल सरकारको सचिव पदमा बढुवा भएका छन्।

ADVERTISEMENT