काठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवनबाट करिब ३५ जना नेपाली अस्पतालमा भर्ना भएकोमा केही नेपालीको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालमा भर्ना भएकामध्ये केहीको अवस्था गम्भीर रहेको र केही अवस्था सामान्य रहेको जनाएको छ ।
घटनाबारे जानकारी प्राप्त हुन साथ विभिन्न अस्पतालमा पुगेर नेपाली बिरामीहरूको अस्थाबारे जानकारी लिने काम भएको विज्ञप्तिमा उल्लेख छ ।
घटनाबारे सम्बन्धित अस्पताल र कुवेतको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग निरन्तर सम्पर्क गरी अस्पतालमा उपचाररत बिरामीहरूको उपचारको व्यवस्था मिलाउन निरन्तर समन्वय गर्ने काम भइरहेको दूतावासले जनाएको छ ।






