रास्वपाका सांसदसमेत रहेका इन्जिनियर श्रीराम न्यौपानले भोटेकोसी बाढीपछि चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका मानिसहरू अझै जीवित रहेका भन्दै आशा नमार्न आग्रह गरेका छन्।

‘आशा नमारौँ, उद्धारको प्रयास नरोकौँ- सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ,’ न्यौपानेलेले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘उद्धारको आशा नमारौँ। प्राविधिक विवेक नछोडौँ। उद्धारको गति नरोकौँ। जबकि जीवन सम्भावनामा छ, प्रयास अन्तिम क्षणसम्म जारी राखौँ।’

ADVERTISEMENT

यस्तो छ इन्जिनियर न्यौपानेको भनाई
“आशा नमारौँ, उद्धारको प्रयास नरोकौँ- सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ।”

ADVERTISEMENT

हिजो अस्थायी सडकलाई सुरुङको मुखसम्म पुर्‍याई Excavator र Wheel Loader मार्फत Night Shift सञ्चालन गरेर २४ सै घण्टा सुरुङ भित्रको लेदो बाहिर निकाल्ने योजना थियो। तर विद्युत जडानमा भएको ढिलाइसँगै पहिरो, दलदल र Blasting सम्बन्धी गतिविधिका कारण सडक विस्तारको कार्य सुरुङको मुखसम्म पुग्न सकेन। आज थप २ वटा Excavator साइटमा पुगेको र सडक सुरुङको मुखको करिव ४० मिटर नजिक पुगेकोले उद्दार कार्य तिव्र गतिमा अघि बढ्ने विस्वास गरेको छु। 

यद्यपि नेपाली सेना र भारतीय सेनाको संयुक्त टोलीले Manually लेदो पन्छाउने तथा आवश्यक Blasting र सडक विस्तारको कामलाई निरन्तरता दिइरहेको छ।

हिजो विभिन्न निकायबीच धुन्चेमा भएको छलफलमा सिडिओ, नेपाल विद्युत प्राधिकरणका इन्जिनियर, नेपाली सेना, सागर ढकाल र म सहितको बैठक बस्यो। सुरुङको बाहिरपट्टि सडक निर्माण प्रयोजनका लागि Blasting गर्दा झन् जोखिम बढ्न सक्ने तथा सुरुङभित्र ठूलो परिमाणमा पानी Trap भएर Pressure मा रहेको हुनसक्ने र काम जोखिमपुर्ण हुन सक्ने विषयमा चिन्ता र चासो व्यक्त गरियो।

१२ वर्षको मेरो निरन्तर Blasting अनुभवका आधारमा Blasting गतिविधिले उद्धारमा बाधा पुर्‍याउने भन्दा पनि आवश्यक सावधानी सहित गरिएको controlled Blasting ले उद्धारको गति बढाउँछ भन्ने तर्क पेश गरे।

सुरुङ भित्र प्रति सेकेन्ड करिब ९ लिटर Seepage Water आइरहेको आधारमा २४ हजार घनमिटर पानी Pressure मा Trap भएर बसेको हुनसक्ने र काम गर्न जोखिम छ भन्ने विद्युत प्राधिकरणका इन्जिनियरको तर्क प्रति पनि मेरो प्राविधिक विमति रह्यो।  

Blasting गतिविधि र उद्धार तथा लेदो पन्छाउने कामलाई निरन्तरता दिँदै अगाडि बढ्न कुनै जोखिम नरहने स्पष्ट धारणा प्रस्तुत गर्ने अवसर मलाई प्राप्त भयो।

डिजाइन, Drawing र धरातलीय अवस्थालाई हेर्दा बाढीको समयमा तीव्र वेगमा पसेको लेदो, माटो, ढुंगा, गिट्टी, बालुवा आदिले Power House भित्रको हावालाई माथिल्लो भागतर्फ धकेलेको हुन्छ। डिजाइन अनुसार Power House भित्र पानी र लेदोले आफ्नो स्तर (Level) कायम गरेपछि माथिल्लो भागमा बढीमा ८ मिटर सम्मको खाली स्थान रहन सक्ने देखिन्छ।

६० × २० × २५ मिटर आकारको Power House लाई आधार मान्दा माथिल्लो भागको खाली स्थान, हावाको दवाब र Seepage को सम्भावित प्रवेश क्षेत्रलाई समेत विचार गर्दा २४ हजार घनमिटर पानी Trap भएर बस्ने सम्भावना प्राविधिक रुपमा देखिदैन।

प्रति सेकेन्ड ९ लिटरको Seepage Water जुन सुरुङको Crown र Ceiling बाट नभई भित्ताको विभिन्न ठाउँबाट निस्किरहेको र उक्त पानी कसरी र कहाँ रहनसक्छ भन्ने सम्बन्धमा पनि तीनवटा सम्भावना देखिन्छन् भन्ने मेरो तर्क रह्यो –

पहिलो, सुरुङको पुरै cross section हिलो तथा लेदोले भरिएकोले लेदोको दवाबले Seepage को बाटो Seal भएर पानी जुन बाटो आएको थियो त्यही आएको बाटोतर्फै फर्किएको हुनसक्छ।

दोस्रो, बाढीले लेदो, ढुंगा, गिट्टी, बालुवा, केवुल, पाइप, भेन्टीलेसन, फ्यान, डक्ट  लगायतका पदार्थलाई क्रमशः बगाउँदै सुरुङ भित्र पसाउँदा create हुने void र पानीको Self pressure ले create गरेको मार्ग वा छिद्र मार्फत पानी Tailrace Tunnel तर्फ गएर बाहिर निस्किरहेको हुनसक्छ।

वास्तवमै Tailrace Tunnel को Outlet बाट सङ्लो पानी निरन्तर बाहिर निस्किरहेको आँखाले देखिनुबाट पनि यसलाई थप प्राविधिक पुष्टि गरेको भन्न सकिन्छ।

तेस्रो, Seepage water खाली ठाउँमा भरिएको हुनसक्छ जुन पानीले Self Maintain गर्ने level भन्दा पावर हाउसको माथिल्लो तला धेरै माथि रहेकोले प्राविधिक हिसाबले पावर हाउसको माथिल्लो भागसम्म पुग्न असम्भव प्राय देखिन्छ।

हिजोको बैठकमा CDO, नेपाली सेना, भारतीय सेनाको प्रतिनिधि, नेपाल विद्युत प्राधिकरणका इन्जिनियर, म र सागर ढकाल सहितको उपस्थितिमा सुरुङको लेदो पन्छाउँदा तत्काल समस्या नहुने, उद्दार कार्यलाई पहिलाको जस्तै तर अब crown बाट लेदो पन्छाउँदै अगाडि बढ्ने, Blasting गतिविधिलाई समेत निर्वाध रुपमा निरन्तरता दिने निष्कर्षमा हामी पुग्यौ। त्यसपछि कुलमान घिसिङज्यूको पनि आगमन भयो।  उहाँ र उहाँसंग आउनु भएको विज्ञले समेत सुरक्षा निकायसंग प्रस्तुत गर्नुभएको राय सुझावबाट पनि कामलाई पहिला जस्तै निरन्तरता दिन सकिने निष्कर्षमा पुगेर हामी साइटमा फर्कियौ।

फेरि दोहोर्‍याउन चाहन्छु—आशा जीवित छ।

 Power House को माथिल्लो भाग मानिसका लागि सम्भावित सुरक्षित स्थान रहेको छ। त्यहाँ ९२ वटा ठूला Battery, तलपट्टि भान्छा, चामल, दाल, चिनी, चियापत्ती लगायतका खाद्य सामग्री तथा करिब १,००० लिटर क्षमताको खानेपानी ट्यांकी रहेको जानकारी प्राप्त भएको छ।

बाढीका कारण माथिल्लो भागमा Trap भएको हावा (अक्सिजन) अवस्था कायम रहेको भए ६ जना मानिस लामो समयसम्म जीवित रहन सक्ने सम्भावनालाई नकार्न हुँदैन भन्ने मेरो विश्वास छ। ३–४ हप्तासम्म जीवित रहन सक्ने सम्भावना समेत मेरो प्राविधिक विश्लेषणमा देखिन्छ- यद्यपि यसको यथार्थ पुष्टि उद्धार कार्य सकिएपछि मात्र हुनेछ।

त्यसैले अहिलेको आवश्यकता एउटै हो-

उद्धारको आशा नमारौँ।
प्राविधिक विवेक नछोडौँ।
उद्धारको गति नरोकौँ।
जबकि जीवन सम्भावनामा छ, प्रयास अन्तिम क्षणसम्म जारी राखौँ।

-ई. श्रीराम न्यौपाने
चिलिमे जलविद्युत आयोजना, साइट।