काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा पहिरोका कारण थुनिएको किम्रोङ खोलाको बहाव खुलेको छ। राति पहिरो खसेपछि केही समय खोला थुनिँदा किम्रोङ तथा मोदीखोला तटीय क्षेत्रमा जोखिम बढेको थियो।

स्थानीयका अनुसार मध्यरातदेखि पहिरोले थुनिएको भागको एक छेउबाट पानी विस्तारै बग्न थालेको थियो। अहिले खोलाको बहाव साविककै अवस्थामा फर्किएको जनाइएको छ।

ADVERTISEMENT

खोला थुनिएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको थियो। घटनास्थलतर्फ बिहानै प्रहरी टोलीसमेत परिचालन गरिएको थियो।

ADVERTISEMENT

अधिकारीहरूका अनुसार बहाव सामान्य अवस्थामा फर्किएपछि तत्कालका लागि जोखिम टरेको छ। यद्यपि मनसुन सक्रिय रहेकाले पहिरो तथा खोलाको बहावमा पुनः परिवर्तन आउन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ।