काठमाडौं । नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन गरेको छ। केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय निर्वाचन समिति बैठकले तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन गरेको हो।

परिमार्जित कार्यतालिकाअनुसार अब गाउँ-नगर अधिवेशनहरू ३ र ४ असोजमा हुने भएका छन् । बैठकले दुई दिनमध्ये कुनै एक दिन स्थानीय अनुकूलतामा अधिवेशन गर्न भनेको छ।

ADVERTISEMENT

यसअघि बसेको बैठकले वडा अधिवेशन २४ भदौमा गर्ने भन्दै कार्यतालिका परिमार्जन गरेको थियो। नयाँ परिमार्जित कार्यतालिका अनुसार ७ असोजमा गाउँ–नगर र १० असोजमा प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने भएको छ।

ADVERTISEMENT

निर्वाचन समितिले केन्द्रीय महाधिवेशनको मिति भने परिमार्जन गरेको छैन । यसअघिको निर्णयअनुसार १६–१९ असोजमै केन्द्रीय महाधिवेशन हुने निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्त प्रेमबहादुर खड्काले जानकारी दिए।

निर्वाचन समितिले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको हकमा तोकिएको निर्वाचन अधिकृत र पार्टीको स्थगानीय तहसँगको समन्वययमा अधिवेशन सम्पन्न गर्न भनेको छ ।

ADVERTISEMENT

यस्तै नेपाली जनसम्पर्क समितिको बाँकी रहेका देशहरूको अधिवेशन १० असोजभित्र सम्पन्न गरिसक्न भनिएको छ । बैठकको निर्णय सार्वजनिक गर्न जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला अधिवेशन र प्रदेशको समय तालिका दोस्रो चरणमा प्रकाशित गरिने छ ।’