काठमाडौं । देशमा गएको विनाशकारी बाढीका बाबजुत पनि नीता ढुंगानाको निर्देशन रहेको फिल्म ‘पार्वती’ ले सुखद् सुरुवात गरेको छ।
भदौ १२ मा रिलिज भएको फिल्मले डेढ करोड रूपैयाँको व्यापार गरेको छ। चलचित्र विकास बोर्डका अनुसार आइतबारसम्म फिल्मको ग्रस कमाइ एक करोड ५८ लाख ८४ हजार १३६ रूपैयाँ पुगेको छ।
यो कमाइ हुँदा फिल्मका ५४ हजार ७३५ वटा टिकट बिक्री भएका छन्। हलमा यो फिल्म दोस्रो सातामा प्रदर्शनरत छ। यस फिल्ममा नीतासहित अशोक दर्जी मुख्य भूमिकामा छन्।
हरिहर अधिकारीको निर्माण रहेको फिल्ममा नीता र अशोकसहित दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेलको अभिनय छ।





