ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो १ बजे बस्नेछ ।

आइतबार सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकमा विभिन्न विषयमा छलफल भएको थियो । बैठकमा सभापति थापाले भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा प्राप्त वस्तुस्थितिबारे जानकारी गराएका थिए। उनले प्रभावित क्षेत्रमा पीडितहरूसँग गरिएको भेटघाट र छलफलको विवरण प्रस्तुत गरेका थिए।

ADVERTISEMENT

बैठकमा त्यसमा १७ जना सदस्यले आफ्नो धारणा राखेका थिए । सहमहामन्त्रीद्वय फरमूल्लाह मन्सुर र बहादुरसिंह लामाले आफ्नो धारणा राखेका थिए।

ADVERTISEMENT

यसैगरी केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, महेन्द्र यादव, सुरेन्द्रप्रसाद चौधरी, रमेश रिजाल, अर्जुनप्रसाद जोशी, डा. चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, अब्दुल सत्तार, राजेन्द्रकुमार केसी, इन्जिनियर मोहन आचार्य, प्रा.डा. गोविन्दराज पोखरेल, भरतकुमार शाह र सुधीरकुमार शिवाकोटीले पनि आ-आफ्नो विचार व्यक्त गरेका थिए।

बैठकमा बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र कर्णाली प्रदेश सभापति ललितजंग शाहीले समेत आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

ADVERTISEMENT