काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औँ केन्द्रीय महाधिवेशन आगामी मंसिरमा गर्ने गरी साङ्गठनिक कार्यतालिका प्रस्ताव गरेको छ।

बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको ‘१५ औँ केन्द्रीय महाधिवेशन तयारी समिति’ को दोस्रो बैठकमा महाधिवेशनको मिति र विभिन्न तहका अधिवेशनहरूको कार्यतालिका पेस गरिएको हो।

ADVERTISEMENT

बैठकमा प्रस्तुत कार्यपत्रअनुसार आगामी मंसिर २१, २२ र २३ गते काठमाडौँमा १५ औँ केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ। प्रस्तावित कार्यपत्रमा वडादेखि केन्द्रसम्मको निर्वाचन तालिका उल्लेख छ ।

ADVERTISEMENT

समूहले वडा अधिवेशन, असोज १५ गते, पालिका अधिवेशन, असोज २० गते, प्रदेश सभा निर्वाचन क्षेत्र एवं प्रतिनिधि सभा निर्वाचन क्षेत्र अधिवेशन, असोज २३ गते गर्ने उल्लेख छ ।

जिल्ला अधिवेशन कात्तिक १५ गते, प्रदेश अधिवेशन, मंसिर ४ गते र केन्द्रीय महाधिवेशन २१, २२ र २३ गते गर्ने कार्यपत्रमा उल्लेख छ ।

ADVERTISEMENT