काठमाडौं । रसुवाको स्याफ्रुवेंशीबाट दुई महिनाको शिशुसहित एक परिवारको उद्धार गरिएको छ। स्याफ्रुवेंशीबाट उद्धार गरी उनीहरूलाई सदरमुकाम धुन्चे ल्याइएको थियो। त्यसपछि थप उपचार तथा सुरक्षित व्यवस्थापनका लागि परिवारलाई काठमाडौं ल्याइएको हो।

बाढी तथा पहिरोका कारण प्रभावित क्षेत्रमा रहेका नागरिकको उद्धार कार्य जारी रहेकै बेला दुई महिनाको शिशुसहित परिवारलाई पनि सुरक्षित स्थानमा ल्याइएको हो। प्रभावित क्षेत्रमा अझै जोखिम रहेकाले उद्धार गरिएका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा आवश्यक उपचार र राहत उपलब्ध गराउने कार्य भइरहेको छ।

ADVERTISEMENT

ADVERTISEMENT