काठमाण्डाै । छापुच्छ्रे बैंकले रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिक तथा समुदायको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकका अध्यक्ष रोशन केसीले उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।बाढीपहिरोबाट नागरिकको जनजीवन, घर तथा सम्पत्तिमा ठूलो क्षति पुगेपछि बैंकले आर्थिक सहयोग गरेको जनाएको छ। विपत्तिपछि बैंकले प्रभावित नागरिकका लागि खाद्यान्न, ओढ्ने–ओछ्याउनेलगायत दैनिक उपभोग्य राहत सामग्रीसमेत उपलब्ध गराएको जनाएको छ।
कोषमा जम्मा गरिएको रकमले प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन तथा पुनःस्थापनाका कार्यमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।बैंकले आगामी दिनमा पनि समुदायको हित तथा विपद् प्रभावित नागरिकको सहयोगका लागि आवश्यक पहललाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।










