काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोट पुगेका छन्। उनी सोमबार विदुर नगरपालिकाका विभिन्न बाढी प्रभावित क्षेत्रमा पुगेर पीडितहरूको अवस्था बुझेका हुन्।

विदुर नगरपालिका–३ का एक स्थानीयले थापासँग बाढीमा परेर सम्पर्कविहीन भएका व्यक्तिको उद्धारमा ढिलाइ भइरहेको गुनासो गरेका छन्। उनले आफ्ना आफन्त बाढीमा बेपत्ता भएको तथा केही मानिस सुरुङमा थुनिएको भन्दै तत्काल खोज तथा उद्धार गर्न आग्रह गरेका थिए।

ADVERTISEMENT

थापाले त्रिशूली अस्पताल, होल्डिङ सेन्टर, त्रिशूली बजार, देवीघाट पारी, रडभूमेश्वरी, पावर हाउस र टुप्चे लगायतका क्षेत्रको स्थलगत अवलोकन गरेका छन्।

ADVERTISEMENT

त्यस्तै, उनी दर्शनटार, पिपलडाँडा, कुमलटार र कोलनीलगायतका स्थानमा समेत पुगेका थिए। त्यहाँ उनले बाढीपीडितसँग प्रत्यक्ष भेट गरी उनीहरूका समस्या, उद्धार तथा राहतसम्बन्धी गुनासा सुनेको कांग्रेस नेता विजय ढुंगानाले जानकारी दिए।

बाढी प्रभावित क्षेत्रमा पुगेर थापाले तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आवश्यक पहल गर्नेबारे स्थानीयसँग छलफल गरेका छन्।

ADVERTISEMENT