काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई सरकारले तीव्रता दिइरहेको बताएका छन् ।

शनिबार राति सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रबाट हालसम्म ७ हजार ५१४ जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरिएको जानकारी दिएका हुन् । उद्धार गरिएकामध्ये विभिन्न जलविद्युत् आयोजनामा फसेका २७९ जना रहेको उनले उल्लेख गरेका छन् ।

उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका १६ हेलिकप्टरले २३६ उडान भरिसकेका छन् भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका १८ हजार ७०८ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

ADVERTISEMENT

प्रधानमन्त्री शाहका अनुसार बाढी प्रभावित विभिन्न जिल्लामा हालसम्म ६७५ शव फेला परेका छन् । घाइतेको उपचार, अस्थायी आवास, राहत वितरण र सञ्चार सेवा पुनःस्थापनाका कामसमेत भइरहेको उनले जानकारी दिएका छन् ।

ADVERTISEMENT

सरकारले भारत, चीन, अमेरिका, एडीबी, विश्व बैंकलगायतबाट मानवीय तथा आर्थिक सहयोग प्राप्त भइरहेको जनाएको छ ।

ADVERTISEMENT