काठमाडौं । भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।
त्यसक्रममा प्रधानमन्त्री शाहले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै महात्मा गान्धीको जीवन, आदर्श र योगदानप्रति सम्मान व्यक्त गरेका छन्। उनले सत्य, शान्ति र अहिंसाका मूल्यप्रति आफ्नो प्रतिबद्धता पनि जनाएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा रहेका छन्। भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध, सहकार्य तथा विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
तस्विरहरु :













