काठमाडौं । प्रस्तावित ‘जय नेपाल पार्टी’ आज निर्वाचन आयोगमा दर्ता हुने भएको छ ।
धवल शमशेर राणा सभापति र सर्वोच्च नेता दुर्गा प्रसाईं रहेको ‘जय नेपाल पार्टी’ आज निर्वाचन आयोगमा दर्ता हुन लागेको हो ।
मध्याह्न साढे १२ बजे पार्टी दर्ताका लागि आयोगले समय दिएको सभापति राणाले जानकारी दिएका छन् ।
राप्रपाबाट अलग भएका राणाले नयाँ पार्टी खोलेका हुन् । राप्रपाबाट राजीनामा दिएका र अहिले उक्त पार्टीमा रहे पनि असन्तुष्ट रहेकाहरू आफ्नो दलमा आउने उनले बताएका छन् ।





