काठमाडौँ । धवल शमशेर राणा र दुर्गा प्रसाईं नेतृत्वको ‘जय नेपाल पार्टी’ दर्ताका लागि शुक्रबार निर्वाचन आयोगमा निवेदन पेस गरिने भएको छ ।

राणाले जारी गरेको आह्वान–पत्रअनुसार दल दर्ताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । मंगलबार बसेको कार्यदलको बैठकले शुक्रबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिने निर्णय गरेको हो ।

राणाका अनुसार शुक्रबार सवा १२ बजे निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन पेस गर्ने कार्यक्रम तय भएको छ ।

ADVERTISEMENT