काठमाडौं । कामना सेवा विकास बैंकले आ.व. ०८२/८३ को संचित मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।
बैंकले अग्राधिकार सेयरधनीहरुलाई अग्राधिकार सेयर बाँडफाँड भएको मितिबाट असार मसान्तसम्म अनुपातिक रुपमा ९ प्रतिशत र साधारण सेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश (करसमेत) घोषणा गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको २०औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात् सेयरधनीहरुले प्राप्त गर्नेछन् । गत वर्ष बैंकले बोनस सेयर र नगद लाभांश गरी जम्मा १५.७८९५ प्रतिशत लाभाशं वितरण गरेको थियो ।
साउन २२ गते शुक्रबार बैंकको केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको ४१९औं बैठकले उक्त प्रस्ताव पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।





