काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ बढाएपछि आन्तरिक हवाई भाडा पनि बढेको छ। नयाँ भाडा आजदेखि लागू भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार काठमाडौं–धनगढी रुटमा ८८० रुपैयाँ, विराटनगर–धनगढीमा १ हजार २९० रुपैयाँ र नेपालगन्ज–भद्रपुरमा १ हजार १७० रुपैयाँसम्म भाडा बढेको छ।
काठमाडौं–नेपालगन्जमा ६५५, काठमाडौं–भैरहवामा ४१० र काठमाडौं–पोखरामा ३१५ रुपैयाँले भाडा वृद्धि भएको छ।




