काठमाडौँ । आफूलाई धार्मिक सुधारको अभियन्ता भन्न रुचाउने वेदिका केसी पक्राउ परेकी छिन् । कथावाचिका राधिका दासीको उजुरीका आधारमा साइबर ब्युरोले केसीलाई बिहीबार जोरपाटीबाट पक्राउ गरेको हो ।

सामाजिक सञ्जालबाट भ्रम फैलाउन लागिपरेको भन्दै पक्राउ परेकी उनलाई साइबर ब्युरोको हिरासतमा राखिएको छ । धर्मका नाममा हुने विकृति र विसंगतिविरुद्ध आवाज उठाएको बताउने वेदिकाले अनास्था फैलाएको र व्यक्तिगत लाञ्छनामा उत्रिएको भन्दै कथावाचिका दासीले उजुरी दिएपछि वेदिका पक्राउ परेकी हुन् । वेदिकाले दासीलाई नक्कली कथावाचिका भनेर आराेप लगाएकी छन् ।

ADVERTISEMENT

आफूलाई धर्मभित्रको गलत प्रवृत्तिको भण्डाफोर गर्ने अभियन्ताका रूपमा चिनाउने केसी पछिल्लो समय सञ्चारकर्मी प्रकाश सुवेदीको रजतपट टिभी शोबाट रातारात चर्चामा आएकी हुन् । धार्मिक माताका रूपमा चिनाउने व्यक्तिहरूका सम्बन्धमा उनले सामाजिक सञ्जालमार्फत आफ्ना भनाइहरू राख्ने गरेकी थिइन् । उनले  सुवेदीसँगको संवादमा दासीको भारतमा अघोषित श्रीमान् रहेको बताएकी थिइन् ।

वेदिकाले सामाजिक सञ्जालमार्फत आफूले गलत ठानेका गतिविधि र कथितरुपमा ‘माता’ भनिएकाहरूको गतिविधिमाथि प्रश्न उठाउँदै भण्डाफोर अभियान सञ्चालन गरेकी थिइन् । उनले हरेक दिनजसो सामाजिक सञ्जालमा भिडियोमार्फत विभिन्न व्यक्तिका बारेमा कन्टेन्ट उत्पादन गर्दै आएकी छन् । उनले जति पनि कथावाचक, धामीझाँक्री छन् ती सबैलाई फेक भन्ने गरेकी छन् ।

ADVERTISEMENT