काठमाडौं । मदन पुरस्कार-२०८२ का लागि उत्कृष्ट १० कृतिको सूची सार्वजनिक गरेको छ । मदन पुरस्कार गुठीका अनुसार यस वर्ष पुरस्कारका लागि प्राप्त २९८ कृतिमध्येबाट अन्तिम चरणका लागि १० कृति छनोट गरिएको हो ।
गुठीले सार्वजनिक गरेको अकारादि क्रमअनुसार उत्कृष्ट १० कृतिमा केशवराज ज्ञवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास, वीणा जोशी राजभण्डारी को नेवार समुदायका परम्परागत मुकुन्डोनाच, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डा. नवराज केसीको स्वस्पर्श र नदीशको हिउँद छन् ।
यीमध्ये एक कृतिलाई मदन पुरस्कार-२०८२ प्रदान गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिमार्फत जानकारी गरिएको छ ।






