काठमाडौं । महालक्ष्मी विकास बैंकले भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ।

भदौ १० गते आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। रसुवागढी, टिमुरे, स्याफ्रुबेंसी, बेत्रावती, त्रिशूली तथा देवीघाटलगायत क्षेत्र बाढीबाट प्रभावित भएका थिए।

ADVERTISEMENT

बैंकले विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ। बैंकको तर्फबाट तथा बैंकमा कार्यरत कर्मचारीहरूको एक दिन बराबरको पारिश्रमिकसमेत समेटेर कुल ५१ लाख रुपैयाँ सहयोग गरिएको हो।

ADVERTISEMENT

बैंकले बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

महालक्ष्मी विकास बैंकले विपद्को यस कठिन घडीमा प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै राहत, उद्धार तथा पुनःस्थापनाका लागि भइरहेका प्रयासमा आफ्नो सहयोग निरन्तर रहने प्रतिबद्धता जनाएको छ।

ADVERTISEMENT