काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले एकैपटक धेरै एजेन्डामा केन्द्रित हुनुभन्दा सुशासन र समृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन्।
संविधानको धारा २४५ संशोधनबारे कार्यदलले दिएको सुझावलाई संकेत गर्दै उनले सामाजिक सञ्जालमार्फत “एकैचोटि धेरै चरा मार्न खोज्दा कुनै चरा पनि मर्दैन, ठूलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने खतरा हुन्छ” भन्ने टिप्पणी गरेका छन्।
भट्टराईले ‘जेनजी विद्रोह’को पृष्ठभूमिमा ठूलो जनअपेक्षासहित सत्तामा आएको नयाँ सरकारले अहिले देशको मुख्य चुनौती रहेको सुशासन र आर्थिक समृद्धिमै ‘एकलव्य दृष्टि’ केन्द्रित गर्नुपर्ने बताएका छन्।
उनले देशभित्रै वार्षिक ८ देखि १० लाख उत्पादनमूलक रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ आवश्यक नीतिगत र व्यावहारिक कदम चाल्न सरकारलाई सुझाव दिएका छन्।






