काठमाडौँ ।  पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्नो घर जलाउने धम्की दिएका व्यक्तिलाई तुरुन्त पक्रेर कारबाही गर्न सरकारसँग माग गरेका छन्।

फेसबुकमा लेखिएको स्टाटसको स्क्रिनसट सेयर गर्दै डा भट्टराईले ती व्यक्तिलाई तत्काल नियन्त्रणमा लिन राज्यसँग अपिल गरेका हुन्।

‘यस्ता अपराधीलाई राज्यले बेलैमा नियन्त्रणमा लिएर विधिवत् कारबाही गरोस्’, डा भट्टराईले गएराति फेसबुकमा लेखेका छन्, अन्यथा जेनजी विद्रोहको वार्षिकी नजिकिँदै गर्दा भेडाको छाला ओढेर प्रतिगामी र राष्ट्रघाती ब्वाँसाहरूले संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय सर्वभौमिकताविरुद्ध वितण्डा मच्चाउने थप जघन्य अपराध गर्न सक्छन्।’

ADVERTISEMENT

ADVERTISEMENT