काठमाडौँ – पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। मंगलबार साँझ अचानक तीव्र चक्कर तथा बान्ता भएपछि उनलाई उपचारका लागि टोखास्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो।
स्वकीयसचिव रेखी गुरुङका अनुसार चिकित्सकको निगरानीमा उपचार जारी रहेको र अवस्था सुधारोन्मुख छ। उपचारमा संलग्न चिकित्सककाअनुसार उनको भित्री कानमा समस्या देखिएको छ।




