काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी भूमिका निर्वाह गर्न सरकारलाई रुलिङ गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका विषयमाथि ध्यानाकर्षण गराउँदै सभामुख अर्यालले विपद् पूर्वतयारी, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएका हुन्।
सभामुखले मनसुनका कारण हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि आवश्यक तयारी गर्न, प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यलाई तीव्र बनाउन तथा सर्वसाधारणका लागि सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन सरकारलाई रुलिङ गरेका छन्।
उनले विपद् व्यवस्थापनका सबै संयन्त्रलाई सक्रिय र प्रभावकारी रूपमा परिचालन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्।





