काठमाडौं । बाढी होल्डिङ सेन्टरमा परेसँगै त्यहाँबाट सुरिक्षत स्थानतिर लाग्ने क्रममा एउटा सानो बालकले काँधमा जेब्रा झोला बोकेर हिँडिरहेको दृश्य सार्वजनिक गरेपछि त्यो तस्बिरले धेरैको ध्यान खिचेको छ।

सोही तस्बिर फेसबुकमा साझा गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालकलाई आफ्नो व्यक्तिगत तर्फबाट ५० हजार आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। साम्पाङले लेखेका छन्, ‘यो बालकलाई मैले मेरो व्यक्तिगत तर्फबाट ५० हजार सहयोग गर्ने भएँ। तिमीलाई यो सरकारले दिएको चोटमा मेरो तर्फबाट सानो मलमपट्टी।’

ADVERTISEMENT

कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका काठमाडौँका सुकुम्बासी परिवारमाथि शनिबार मध्यराति आएको बाढीले विपत्ति थपिदिएपछि ती बालक काँधमा जेब्रा झोला बोकेर सुरक्षित स्थान लागेका थिए ।

हर्कले आफूले धरानको मेयर हुँदा सुकुमवासीका हितमा धेरै काम गरेको स्मरण गरेका छन् ।

ADVERTISEMENT

‘मलाई देशबासीको यो बेहाल देख्दा अत्यन्तै धेरै दुस्ख लागेको छ । यो बालक र यस्ता हजारौँ लाखौँ बालकका भविष्य नै यो देशको भविष्य हो । देश जोगाउने हो भने यस्ता बालबालिकाका भविष्य जोगाउनुपर्छ । र, यिनका भविष्य जोगाउने हो भने यिनका वर्तमान जोगाउनुपर्छ ियो बालकले त्यो जेब्रा झोलामा जे बोकेका होलान्, किताब कि चामल ? कि लुगा ? भविष्यको सपना त बोकेको छैन कतै यो बालकले ? भत्किएको यो देश बनाउने सपना, मलाई लाग्छ त्यो जेब्रा झोलामा यो देश बनाउने सपना नै होला । यो बालकलाई जोगाऊ नेपाली हो, त्यो झोलामा देश बनाउने र बचाउने सपना होला,’ उनले लेखेका छन् ।