काठमाडौं — फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टरफाइनलका दुई वटा खेल हुँदैछन् ।

भोलि बिहान पौने ३ बजे नर्वे र इंग्ल्यान्ड तथा बिहान पौने ७ बजे साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्डले खेल्दैछन् । नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो इंग्ल्यान्डले लगातार तेस्रोपल्ट क्वार्टरफाइनल खेल्दैछ ।

ADVERTISEMENT

नर्वेका एर्लिङ हालान्डले यो विश्वकपमा ७ गोल गरेका छन् भने इंग्ल्यान्डका कप्तान ह्यारी केन र जुड बेलिङ्घम पनि लयमा छन् । यस्तै साबिक विजेता अर्जेन्टिनाले सेमिफाइनलमा पुग्न स्विट्जरल्यान्डसँग खेल्नेछ ।

यसअघि गए राति भएको खेलमा बेल्जियमलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । स्पेनले अब सेमिफाइनलमा फ्रान्ससँग खेल्नेछ ।

ADVERTISEMENT

पहिलो क्वाटरफाईनल खेलमा साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई २ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो ।