काठमाडौं । पशुपति क्षेत्र विकास कोषले साउने सोमबारका अवसरमा पशुपतिनाथ मन्दिरमा आउने भक्तजनको भीडलाई व्यवस्थित बनाउन विशेष तयारी सुरु गरेको छ।

यसका लागि मन्दिरका मूल भट्ट, भण्डारी, कोषका सञ्चालक परिषद्का सदस्य तथा पदाधिकारीबीच बैठक बसेर दर्शन व्यवस्थापन, सुरक्षा, सरसफाइ र समन्वयका विषयमा विस्तृत छलफल गरिएको कोषका सदस्य–सचिव तीर्थ श्रेष्ठले जानकारी दिए।

ADVERTISEMENT

कोषले तयारीस्वरूप असार २७ गते शनिबारदेखि पशुपति क्षेत्रमा दैनिक सरसफाइ अभियान पनि सुरु गरेको छ। साउने सोमबारमा भक्तजनलाई सहज, सुरक्षित र व्यवस्थित रूपमा दर्शन गराउने उद्देश्यले आवश्यक व्यवस्थापनका कामलाई तीव्रता दिइएको जनाएको छ।

ADVERTISEMENT

कोषका अनुसार दर्शन व्यवस्थापन, भीड नियन्त्रण, सरसफाइ तथा सम्बन्धित निकायबीच समन्वयलाई प्रभावकारी बनाउँदै साउने महिनाभर भक्तजनलाई सहज सेवा उपलब्ध गराउने तयारी भइरहेको छ।