काठमाडौं — गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोपाल शर्माले नियमापत्ति जनाएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री गुरुङले सरकारको आलोचना गर्दै ‘घाँटी सुक्ने गरी चिच्याएको’ भन्ने अभिव्यक्ति प्रयोग गरेपछि सांसद शर्माले त्यसमा आपत्ति जनाएका हुन्।

ADVERTISEMENT

सांसद शर्माले संसद्मा बोल्ने सांसदहरूको सम्मानमा आँच पुग्ने गरी गरिएको टिप्पणी स्वीकार्य नहुने भन्दै उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरे।

ADVERTISEMENT

‘सदनमा सांसद बोल्दा “घाँटी सुक्ने गरी चिच्याएको” भन्न पाइँदैन। सांसदहरूको अपमान गर्न पाइँदैन। उहाँको त्यो भनाइ संसद्को रेकर्डबाट हटाउन माग गर्दछु,’ शर्माले भने।

गृहमन्त्री गुरुङको अभिव्यक्तिपछि प्रतिनिधिसभामा केहीबेर त्यस विषयमा चर्चा भएको थियो।

ADVERTISEMENT