काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन्। सुनसरीमा विकसित पछिल्लो अवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्रीसँग छलफल गरेपछि उनी त्यसतर्फ जान लागेका हुन्।
गृहमन्त्री गुरुङले केहीबेरअघि प्रधानमन्त्रीसँग भेटवार्ता गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बाहिरिएका थिए।
प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार गृहमन्त्रीले सुनसरीका जनप्रतिनिधिसँग समन्वय गरेर त्यसतर्फ प्रस्थान गर्ने तयारी गरेका छन्।
‘गृहमन्त्रीज्यू प्रधानमन्त्रीसँगको सल्लाहपछि सुनसरी जाँदै हुनुहुन्छ,’ बजगाईंले बताएका छन्।










