काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले बिहीबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका दैनिक प्रशासनिक कामका विषयमा छलफल हुनेछ ।

ADVERTISEMENT

रास्वपा सरकार गठन भएको १०० दिनको पूर्वसन्ध्यामा प्रधानमन्त्री बालेनले मन्त्रिपरिषद् बैठक डाकेका हुन् । प्रधानमन्त्री बालेनले यस अवधिमा सरकारले घोषणा गरेका एक सय बुँदे सुशासन मार्गचित्रबारे समीक्षा गर्ने भएका छन् ।