काठमाडौं । फिफा विश्वकप २०२६ मा मेक्सिको इक्वेडरविरुद्ध २-० को जितसहित अन्तिम १६ मा प्रवेश गरेको छ।

मेक्सिको सिटी स्टेडियममा भएको खेलेको पहिलो हाफमा मेक्सिकोले २ गोल गरेको हो। खेलको दोश्रो हाफमा भने दुवै टोलीबाट कुनै गोल हुन सकेन। मेक्सिको विश्वकपको सहआयोजक राष्ट्रसमेत हो।

खेलको २१औँ मिनेटमा जुलियन क्विनोनेसले पहिलो र ३१औँ मिनेटमा राउल जिमेनेजले दोस्रो गोल गरे। यसअघि मेक्सिकोले दक्षिण कोरियालाई १–० र चेक गणतन्त्रविरुद्ध ३–० को जित हात पारेको थियो।

ADVERTISEMENT

मेक्सिकोले उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २० गोलअन्तरले पराजित गरेको थियो। मेक्सिको जारी विश्वकपमा अहिलेसम्म अपराजित रहँदै अन्तिम १६ मा पुगेको हो।

ADVERTISEMENT