काठमाडौं । सहआयोजक मेक्सिकोले फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा इक्वेडरविरुद्ध पहिलो हाफमै २–० को अग्रता बनाएको छ।

मेक्सिको सिटी स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदासम्म घरेलु टोलीले दुई गोलको स्पष्ट अग्रता कायम गरेको हो।

ADVERTISEMENT

मेक्सिकोका लागि खेलको २१औँ मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि ३१औँ मिनेटमा राउल जिमेनेजले अर्को गोल थप्दै अग्रता दोब्बर बनाए।

दुवै टोली राउन्ड अफ १६ मा स्थान बनाउन प्रतिस्पर्धा गरिरहेका छन्। दोस्रो हाफमा इक्वेडर पुनरागमनको प्रयासमा रहनेछ भने मेक्सिको आफ्नो अग्रता जोगाउँदै अर्को चरणमा पुग्ने लक्ष्यमा हुनेछ।

ADVERTISEMENT