काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’को खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई १–० गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक हात पारेको छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दक्षिण अफ्रिकाले दोस्रो हाफमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो। दुवै टोलीबीच प्रतिस्पर्धात्मक खेल भए पनि दक्षिण अफ्रिकाले अवसरको सदुपयोग गर्दै जित सुनिश्चित गरेको हो।

ADVERTISEMENT

यस जितसँगै दक्षिण अफ्रिकाले समूह चरणमा ४ अंक पुर्‍याएको छ भने दक्षिण कोरिया ३ अंकमै सीमित भएको छ।

यसअघि समूह ‘ए’कै अर्को खेलमा मेक्सिकोले चेक गणतन्त्रलाई ३–० ले पराजित गरेको थियो। लगातार तेस्रो जित निकालेको मेक्सिको ९ अंकसहित समूह विजेता बनेको छ।

ADVERTISEMENT

दक्षिण अफ्रिकाको जितले नकआउट चरण प्रवेशको सम्भावना थप बलियो बनेको छ भने दक्षिण कोरियामाथि दबाब बढेको छ।