जनकपुरधाम । मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराई चढ्ने सरकारी गाडीमा तोडफोड भएको छ।

बुधबार बिहान मन्त्रालय परिसरमा पार्किङ गरेर राखिएको ज १ झ ४४१ नम्बरको गाडीमा अज्ञात व्यक्तिले तोडफोड गरेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

धनुषा प्रहरीका अनुसार घटना मधेस भवनस्थित मन्त्रालय अगाडि बिहान करिब ११ बजे भएको हो। सीसीटीभी फुटेजमा एक व्यक्तिले गाडीमा रहेको राष्ट्रिय झण्डा भाँचेर भुइँमा फालेको तथा त्यसपछि मन्त्रालय परिसरभित्र प्रवेश गरेको देखिएको छ।

ADVERTISEMENT

प्रहरी निरीक्षक तथा धनुषा प्रहरीका निमित्त प्रवक्ता मनोज यादवका अनुसार ती व्यक्ति करिब चारदेखि पाँच मिनेटसम्म मन्त्रालय परिसरभित्र रहेको फुटेजमा देखिएको छ।

घटनापछि प्रहरीले सीसीटीभी फुटेजको आधारमा तोडफोडमा संलग्न व्यक्तिको पहिचान तथा खोजी कार्य तीव्र बनाएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।