काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’मा इंग्ल्याण्ड र घानाबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ। दुवै टोलीले अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा खेल ०–० को बराबरीमा सकिएको हो।

समूह चरणको दोस्रो खेल बराबरीमा टुंगिएसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन्। यससँगै तालिकामा इंग्ल्याण्ड र घानाको समान ४–४ अंक पुगेको छ।

यसअघि पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गरेको थियो भने घानाले पानामामाथि १–० को जित निकालेको थियो।

ADVERTISEMENT

बराबरीपछि दुवै टोलीले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेका छन्। समूहको अन्तिम खेलअघि शीर्ष स्थानको प्रतिस्पर्धा थप रोमाञ्चक बनेको छ।

ADVERTISEMENT