काठमाडौं । यदि तपाई राम्रो दूरी, बढी पावर र नयाँ नयाँ फिचर भएको विद्युतीय गाडी खरिद गर्ने सोच बनाउँदै हुनुहुन्छ भने टाटा नेक्सन के३ उपयुक्त छ ।

यसको बजार मूल्य ४८ लाख ९९ हजार रुपैयाँ छ । एकपटकको फुलचार्जमा यो इभी गाडीले ३२५ किलोमिटरसम्मको वास्तविक रेन्ज दिन्छ । नेपाली बजारमा निकै रुचाइएको यो इभी गाडीमा ४५ किलोवाटको ब्याट्री प्याक राखिएको हुन्छ । भेरियन्टअनुसार यसका दुईवटा ब्याट्री अप्सन पनि छ ।

ADVERTISEMENT

यो गाडीको ९८ किलोवाट क्षमताको शक्तिशाली मोटर पनि छ । जसले गाडीलाई आरामदायी ड्राइभिङका लागि सहयोग गर्छ । यसमा २१५ एनएमको विद्युतीय मोटर टर्क पनि छ । गाडीमा टर्निङ रेडियुस ५.३ जसले सजिलै साँघुरो गल्ली र पार्किङस्थलमा युटर्न गर्न मद्दत पुग्छ ।

यो इभीले शून्यदेखि १०० किलोमिटरको गति मात्र ८.९ सेकेन्डमा लिन सक्छ । यसको फास्ट गति र यसले दिने टर्क र स्पोर्ट ड्राइभिङ मोडका कारण सहज भएको हो । जसले यसलाई सहरी क्षेत्र वा हाइवेमा ओभरेटक गर्दा एकदमै सजिलो बनाउँछ ।

ADVERTISEMENT

नेक्सन इभीको चार्जिङ निकै छिटो हुनछ । फास्ट चार्जर प्रयोग गर्दा शून्यदेखि ८० प्रतिशत चार्ज केवल ५६ मिनेटमा हुन्छ । अर्थात्, लामो यात्राको बीचमा पनि तपाईले धेरै समय पर्खिनुु पर्दैन । एकपटक फुल चार्ज गरेपछि काठमाडौंबाट चितवन पुगेर फेरि काठमाडौं फर्किने दूरी जत्तिकै यात्रा गर्न सकिन्छ ।

नेक्सन इभीले भारत ग्लोबल एनसीएपीअनुसार फाइभ स्टार सेफ्टी नम्बर पाएको छ । यसमा एयरब्याग, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पोट मोनिटोरिङ, प्यानिक ब्रेक अलर्ट जस्ता आधुनिक सुरक्षित फिचर दिइएको छ । त्यसैले पनि सुरक्षाका हिसाबले यो इभी कदमै नै मजबुत मानिएको छ ।