काठमार्डौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्रतिनिधिसभामा आफैँले नेपालले भारतले सीमा मिचेको विषयमा बोलेकोबारे आज चितवन पुगेर थप स्पष्टीकरण दिएका छन् ।

आइतबार रास्वपाको पहिलो महाधिवेशन उद्घाटतन समारोहलाई सम्बोधन गर्दै उनले यसबारे स्पष्टीकरण दिएका हुन् । संसद्‌मा उनले भारतसँगको सीमा विवादबारे ब्रिटिससँग पनि कुरा गर्न तयार रहेको बताएका थिए ।

ADVERTISEMENT

बालेनले बोलेका अभिव्यक्तिबारे दुई देशको सीमा विवादबारे तेस्रो देशको उपस्थित किन चाहियो भनेर प्रश्न उठेको थियो । उनले यसबारे भने, ‘हामीसँग कालापानी लिपुलेकको प्रमाण छ । हामीले पहिले ब्रिटिसले राज गर्दाको प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौं भनेका हौं । हामीले ब्रिटिसलाई मध्यस्त बनाउन खोजेका हैनौं ।’

बालेनले छिमेकीहरूसँग प्रमाणका आधारमा कुरा गरेर सीमा समस्या हल गर्ने पनि बताए । ‘हामी हाम्रा छिमेकीहरूसँग आफैँ कुरा गरेर मिलाउँछौं । हामीसँग प्रमाण छ, ‘उनले भने,’मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका मान्नुपर्दैन ।’

ADVERTISEMENT

प्रधानमन्त्री बालेनले आवश्यक परे अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आवश्यक परे पाँच घन्टा होइन पाँच दिन पनि राखेर छलफल गर्न सकिने बताए । अख्तियारका पदाधिकारीलाई दबाब दिएर भ्रष्टाचार मुद्दामा छानबिन गर्न दबाब दिएको विषयमा भएको आलोचनाप्रति असन्तुष्टि जनाउँदै उनले छलफल गर्दा कुनै नियम नमिचिएको बताए।

हालै पासपोर्टको भ्रष्टाचार प्रकरणमा अख्तियारका अधिकारीलाई दबाब दिएर राहदानी विभागका महानिर्देशकलगायतलाई पक्राउ गरिएको विषयमा उनले स्पष्टीकरण दिएका हुन्।