काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको आइतबारको खेलमा बलियो टर्कीयविरुद्ध अस्ट्रेलियाले प्रभावशाली जित हासिल गरेको छ।

क्यानडाको बिसी प्लेयस भ्यानकुभर स्टेडियममा भएको खेलको ७५औँ मिनेटमा कानर मेटकाफले गरेको दोस्रो गोलमा अस्ट्रेलियाले टर्कीयविरुद्ध २-० को अग्रता कायम गर्दै जित हासिल गरेको हो।

ADVERTISEMENT

यसअघि खेलको २७औं मिनेटमा अस्ट्रेलियाका लागि नेस्टोरी इरानकुन्डाको गोल गर्दै सुरुवाती अग्रता लिएको थियो। टर्कीयले निर्धारित समयमा ६ मिनेट थप गर्दा पनि कुनै गोल गर्न सकेन।

यो जितपछि अस्ट्रेलिया सहआयोजक अमेरिकासँगै समूहको शीर्ष दुईमा रह्यो । यो समूहमा अमेरिका तीन अंकसहित शीर्ष स्थानमा छ ।

ADVERTISEMENT

अमेरिकाले आफ्नो पहिलो खेलमा पाराग्वेलाई हराएको थियो ।