काठमाडौं । बाँकेको बैजनाथ गाउँपालिकामा ड्युटीमा रहेका प्रहरीलाई खुकुरी प्रहार गर्न खोज्ने एक महिला पक्राउ परेकी छन् । बैजनाथ गाउँपालिका–६ मा ईश्वरी माध्यमिक विद्यालयको जग्गामा बनेका संरचनामा डोजर चलाउने क्रममा प्रहरीमाथि खुकुरी हान्न खोज्ने महिला पक्राउ परेकी हुन् ।

सामाजिक सञ्जालमा बिहीबार बिहानदेखि प्रहरीमाथि खुकुरी हान्न खोजेको भिडियो भाइरल बनेको छ । लिजमा लिएको व्यक्तिलाई पटकपटक जग्गा खाली गर्न आग्रह गर्दा पनि अटेर गरेपछि प्रहरी र स्थानीय सरकारले बिहीबार डोजर चलाएका थिए । सोही क्रममा चन्द थरकप् महिलाले प्रहरीमाथि आक्रमण प्रयास गरेकी हुन् ।

ADVERTISEMENT

गाउँपालिकाका सूचना अधिकारी तप्तराज आचार्यका अनुसार स्कुलको जग्गा खाली गर्न पटकपटक पत्राचार गरिसकिएको छ । तर, उनीहरुले अटेर गरेको सूचना अधिकारी आचार्यको भनाइ छ ।

विद्यालयले त्यो जग्गा खाली गरिदिन पटकपटक आग्रह गर्दा पनि नमानेपछि प्रहरी पुगेको थियो । त्यहीबेला प्रहरीमाथि आक्रमण प्रयास भएको बताइन्छ । घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यसले व्यापक चर्चा पाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

ADVERTISEMENT