काठमाडौं। एसियाली खेलकुद पुरुष क्रिकेट छनोटअन्तर्गत सेमिफाइनलमा नेपालले ओमानविरुद्ध पहिला बलिङ गर्ने भएको छ।
सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा भएको खेलमा ओमानका कप्तान सुफ्यान मेहमदले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्। त्यससँगै नेपालले सुरुआतमा बलिङ गर्ने अवसर पाएको छ।





