काठमाडौं । भारतको केन्द्र शासित क्षेत्र लद्दाखमा बुधबार हिंसात्मक प्रदर्शन भयो ।
पूर्ण राज्यको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडपमा हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् ।
प्रदर्शनकारीले लेह लद्दाखमा रहेको सत्तारुढ भारतीय जनता पार्टी भाजपाको कार्यालय नै जलाएर ध्वस्त पारेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) को गाडीमा समेत आगजनी भएको छ । स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि अहिले लेहमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।
आन्दोलनमा युवाहरूको बाक्लो उपस्थिति देखिएपछि कतिपयले यसलाई नेपालमा हालै भएको जेनजी आन्दोलनकै रूप भनेका छन् भने सत्तारुढ भाजपाले भारतीय कंग्रेसलाई दोष लगाएको छ ।






