काठमाडौँ।  सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा निर्माण गरिने प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन गरेका छन्।

उच्चस्तरीय अन्तर–व्यवस्थापिका सम्मेलनमा सहभागी हुन सुदूरपश्चिम पुगेका उनीहरूले आज नेपालको आर्थिक विकासमा टेवा पुग्ने व्यापारिक पूर्वाधारको अवलोकन गरेका हुन्।

ADVERTISEMENT

अवलोकनमा उपसभामुख रूबी कुमारी तथा राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी पनि सहभागी थिए।

ADVERTISEMENT

उनीहरूले धार्मिक, पर्यटकीय तथा आर्थिक दृष्टिले महत्वपूर्ण भक्केनी धाम, ब्रह्मदेव र टनकपुर क्षेत्रको समेत अवलोकन गरेका छन्।

त्यसैगरी, सभामुख अर्याल र अध्यक्ष दाहालले महेन्द्रनगर विमानस्थल तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको अवलोकन गरेका छन्। सो क्रममा उनीहरूले महेन्द्रनगर विमानस्थलको स्तरोन्नति तथा सेवा विस्तारका सम्भावनाबारे सरोकारवालासँग छलफल गरेका छन्।

ADVERTISEMENT