काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले पार्टी परित्याग गरेका छन् । राप्रपा सुधार्ने प्रयत्न सफल नभएको भन्दै उनले आइतबार पार्टी परित्यागको घोषणा गरेका हुन् ।
राणाले नयाँ राष्ट्रवादी शक्ति निर्माणमा जुट्ने घोषणा गरेका छन् । कार्यकर्ताहरूलाई उनले राप्रपा ठीकै लागिरहे राप्रपामै बस्न अन्यथा आफूहरूको अभियानमा जोडिन आह्वान पनि गरेका छन् ।
धवलशमशेर राणाको नेतृत्वमा राजतन्त्र पक्षधर छुट्टै पार्टी बनाउने अभियान लामो समयदेखि चलिरहेको थियो । राणाले दुर्गा प्रसाईसँग सहकार्य गरेर नयाँ पार्टी दर्ता गर्ने तयारी गरेका छन् । राणालाई राप्रपामा राजसंस्थाको पक्षमा हार्डलाइनर मानिन्छ । उनको यो घोषणासँगै राप्रपामा ठूलो हलचल मच्चिएको छ ।









