काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वगृहमन्त्री सुधन गुरुङले गत भदौ २३ गते भएको जेनजी प्रदर्शनमा भिडको नेतृत्व गरेको खुलासा गरेको छ ।

आयोगले २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघनका घटनाबारे तयार पारेको प्रतिवेदनमा यस्तो उल्लेख गरेको हो ।

ADVERTISEMENT

प्रतिवेदनअनुसार भदौ २३ गते एभरेष्ट होटलअगाडि करिब २० देखि २५ हजार मानिसको भिड जम्मा भएपछि दिउँसो करिब १२ बजेतिर ‘हामी नेपाल’ संस्थाका सुधन गुरुङले प्रदर्शनकारीहरूको नेतृत्व लिएका थिए ।

ADVERTISEMENT

आयोगले प्रतिवेदनमा “निज गुरुङले नेतृत्व लिएपछि प्रदर्शनकारीहरू आक्रोशित भई सुरक्षा ब्यारिकेड तोडी निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीसँग मुठभेड, झडप र हुलदंगा भएको देखिन्छ,” उल्लेख गरेको छ ।

प्रतिवेदनमा त्यसपछि मात्र सुरक्षाकर्मीहरूले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको पाइएको पनि उल्लेख गरिएको छ ।

ADVERTISEMENT

मानवअधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे विस्तृत अनुसन्धानपछि प्रतिवेदन तयार पारेको जनाएको छ । आयोगले घटनामा संलग्न व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान र कारबाही गर्न सरकारलाई सिफारिससमेत गरेको छ ।