काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। चाँदीको मूल्य भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुन तोलामा एक हजार रुपैयाँले घटेको हो।
आज छापावाल सुन प्रतितोला दुई लाख ९० हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
बुधबार चाँदी तोलामा २० रुपैयाँले बढेर पाँच हजार ८० रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार चाँदी प्रतितोला पाँच हजार ६० रूपैयाँमा कारोबार भएको थियो।








