काठमाडौं । एनआईसी एसिया बैंकले धनुषाको दुधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महेन्द्रनगरस्थित प्राथमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्री उपलब्ध गराएको छ । विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ शैक्षिक सामग्री सहयोग प्रदान गरेको बैंकले जनाएको छ ।

ADVERTISEMENT

१३८ भन्दा धेरै विद्यार्थीहरुले पठनपाठन गरिरहेको विद्यालयका लागि बैंकका जनकपुर सर्कल हेड उत्सुकराज श्रेष्ठले विद्यालयकी प्रधानाध्यापक .ममता पण्डितलाई मंगलबार एक कार्यक्रमका बीच झोला तथा अन्य शैक्षिक सामग्री हस्तान्तरण गरे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सितेशकुमार झा, शिक्षक तथा शिक्षिकाहरु, विद्यार्थीहरु र बैंकका तर्फबाट बैंकका कर्मचारीहरुको उपस्थिति थियो ।

बैंकले उपलब्ध गराएको सहयोगले विद्यार्थीहरुको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

ADVERTISEMENT